Logo

राजनीति

देउवालाई भारी बन्लान् निधि



 कोरोना भाइरसको कहर र आन्तरिक विवादका कारण नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्न पुगेको छ । फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेगरी तय गरिएको मितिमा महाधिवेशन नहुने निश्चित भएको छ । नयाँ महाधिवेशनको नयाँ मिति तय गर्न कांग्रेसले असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

एकातिर महाधिवेशनको नयाँ मिति कहिले तोक्ने भन्ने विषय छ भने अर्कातिर नेतृत्वका लागि नेताहरूको दौड पनि जारी छ । सभापति शेरबहादुर देउवासहित संस्थापनइतर पक्षबाट आधा दर्जन नेताले नेतृत्वका लागि आकांक्षा राख्दै आएका छन् । 

नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालासहितका नेताहरू नेतृत्वको आकांक्षी देखिँदा एक कार्यकाल दोहोरिने तयारीमा रहेका सभापति देउवालाई आफ्नो समूहबाट अर्का आकांक्षी नहुँदा ठूलो राहत मिलेको थियो । तर उपसभापति विमलेन्द्र निधिले साउन २९ गते आफू पनि सभापतिको आकांक्षी रहेको जनाउँदै भेटेरै सहयोग गर्न आग्रह गरेयता देउवा दबाबमा परेका छन् । यसबाट इतर पक्षले भने केही राहत महसुस गरेको छ ।

आधा दर्जन आकांक्षीलाई मिलाएर देउवाविरुद्ध एउटा उम्मेदवार खडा गर्नु फलामको चिउराजस्तै छ । तर संस्थापनबाटै दुई उम्मेदवार बनेको अवस्थामा पहिलो चरणमा आकांक्षी सबै मैदानमा खडा भए पनि केही फरक नपर्ने उनीहरूको बुझाइ छ ।

नेतृत्वका लागि उम्मेदवार धेरै हुँदा पहिलो चरणमा सभापति चयन हुन नसक्ने र दोस्रो चरणमा धेरै भोट पाउने दुईजनाबीच प्रतिस्पर्धा हुने भएकाले सहमति गर्नुपर्ने दबाब कम हुने आकांक्षीहरूको बुझाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ९ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।