शनिवार बालुवाटारमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले एमाले नेता माधवकुमार नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिनेमा माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री नाम समावेश भएको बैठकमा उपस्थित एक नेताले बताएका छन् ।
आजको उक्त बैठकले अदालत निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काममा पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ । बैठकले संसदीय दलको विधान अनुमोदनसमेत गरेको छ ।
यस अघि पार्टीको निर्णय विपरीत चल्नेहरूलाई कारबाही गर्नका लागि भन्दै विधान संशोधनका लागि कार्यदलसमेत गठन समेत गरेको थियो ।
चैत्र ७, २०७७ शनिबार
0
Shares
प्रतिक्रिया