Logo

प्रमुख समाचार

कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई



नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् ।

‘हाम्रो बैठक पनि बसेको छैन । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन, रिपोर्टर्स क्बलमा उनले भने, न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन । बरु, न्यायालय पुनर्संरचना गर्नुपर्छ ।’ उनले न्यायालयको पुनर्संरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने रहेकोतर्फ संकेत गरेका छन् ।

उनले भने, ‘केही दिनदेखि न्यायालयको विषयमा प्रश्न उठेका छन् । न्यायालय सबैले विश्वास गर्ने हुनुपर्छ । यसको प्रतिष्ठा राम्रो हुनुपर्छ । न्याय पद्धती पारदर्शी हुनुपर्छ भन्ने हाम्रो भनाइ रहँदै आएको छ । यसमा हामी अहिले पनि त्यही धारणा राख्छौं । न्यायालयको स्वतन्त्रता, निश्पक्षताप्रति हामी प्रतिबद्ध छौं ।’

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे कांग्रेसको धारणा के हो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यो विषयमा दलहरु निश्चित रुपमा सहमत भएर अघि बढ्नुपर्छ । यो पाटोमा अहिले नै प्रवेश गर्नुपर्छ भन्ने लाग्दैन । यो विषयमा हाम्रो पार्टीले दृष्टिकोण निर्माण गरेको छैन् ।

अहिले न्यायाधीशहरुले इजलास बहिष्कार गर्नुभयो, यो नौलो घट्ना हो । यो नीति र दल विशेषको कुरा होइन । सर्वोच्च अदालतको पुनर्संरचना र न्यायालयको पुनर्संरचना आवश्यक छ । यो घट्नाक्रमले पनि यो संकेत गरेको छ । न्यायलयलाई सक्षम बनाउन, विश्वास जगाउन, न्यायमा शुद्धता दिनको निम्ति दलहरुले अब सोच्न जरुरी छ ।’

प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार  ५ : ४६ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।