Logo

राजनीति

ओलीको स्पष्टीकरण सोध्ने कुरा अवैध : भीम रावल



विपक्षी एमाले नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आफूलगायतका नेताहरुलाई स्पष्टीकरण सोध्ने कुरा अवैध भएको बताएका छन् । आइतबार ट्वीटरमार्फत् रावलले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

ओलीले पनि स्पष्टीकरण दिनुपर्ने बताउँदै नेता रावलले भनेका छन्–‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ । यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो ।’

ओली पक्षको बैठकले रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय शनिबार गरेको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १४:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।