केहि दिन अघि चितवनको माडीमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले नेपाल कम्युनिष्ट पार्टी एउटाबाट दुईवटा र तीनवटा भएको र अब चारवटा हुने खतरा रहेको बताएका छन्। यद्यपि, यसलाई व्याख्या भने गरेनन् ।
चितवनको माडीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘मेरै प्रस्तावमा वाम गठवन्धन गरेर साझा घोषणा पत्र र उम्मेदवारसहित निर्वाचनमा गएका थियौं । एक अध्यक्षलाई प्रधानमन्त्री बनाउने भनेर मैले पहिल्यै प्रतिबद्धता जनाएको थिए ।
त्यसबेला ओलीजीलाई ल्याएर माडीलाई मणी बनाउने भनेका थियौं । तर, अहिले दुर्भाग्य भनौं, पार्टी बडो प्राविधिक तरिकाले, बडो अप्राकृतिक तरिताले दुईवटा भयो । अहिले तीनवटा भएको छ । अझै चारवटा हुनसक्ने पनि खतरा छ । बडो बिडम्बना पनि भन्नुपर्छ ।’
एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतको फैसलापछि विभाजित बनेको थियो ।
त्यसयता एमाले पनि विभाजन भएर नेकपा समाजवादी बनेको छ । एमालेभित्रै एउटा समूह अझै पनि असन्तुष्ट छ । उनीहरूले फेरि नयाँ पार्टी बनाउन सक्ने प्रचण्डले संकेत गरेका हुन् ।
















प्रतिक्रिया