Logo

प्रमुख समाचार

माधव र प्रचण्डलाई गोकुल बास्कोटाकाे यस्तो च्यालेन्ज !



प्रतिपक्ष दल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव नेपालले एमालेलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नुपर्छ भनेर दिएको अभिव्यक्तिमा तथ्यगत सत्यता नभएको जिकिर गरेका छन् ।

उनले भने, ‘माधव नेपालले त्यो एउटा भन्नुहोला, भन्न पाईन्छ । तर, यथार्थ चाहीँ के हो भने ठीक उल्टो बनाईदिनुहोस् न । माधव नेपालको पार्टीले एक्लै कुनै एक ठाउँमा मैले फलानो उम्मेद्धवार जिताएँ भनेर देखाओस् न । आम निर्वाचनमा हामी हेर्छौं ।’

आगामी निर्वाचनमा पहिलो पार्टी हुन्छौं भनेर माधव नेपालले भन्नु र हुटीट्याउँले सागर थाम्छु भन्नु एउटै भएको पनि बाँस्कोटाको टिप्पणी छ । उनले भने, ‘यो बेकारको कुरा हो ।’

माधव नेपालको पार्टी चाहीँ पहिलो पार्टी हुन्छ र ? पहिलो पार्टी निश्चित् रुपमा नेकपा एमाले हुन्छ वा नेपाली कांग्रेस हुन्छ । कम्पिटिशन त हामी एमाले र कांग्रेसबीच हुन्छ ।’

बाँस्कोटाले आफूले प्रचण्ड र माधव नेपाल दुवै जनाको रोदन दिनदिनै सुनेको पनि सुनाए । उनले दुवै नेतालाई कसैसँग गठबन्धन नगरी चुनाव जितेर देखाउन समेत सार्वजनिक रुपमा चुनौति दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १४:४८   :  बजे

618
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।