Logo

राजनीति

मन्त्रीपरिषद् पूनर्गठन गर्ने विषयमा ओली-प्रचण्डबीच छलफल जारी 



मन्त्रीपरिषद् पूनर्गठनका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मन्त्रीपरिषद् पूर्नगठनका विषयमा छलफल भइरहेको जनाइएको छ ।नेकपा सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने निर्णय गरेको थियो।

बैठकमा सबै मन्त्री हटाउने वा केहि यथावत राखेर नयाँ मन्त्री बनाउने भन्ने विषयमा छलफल जारी रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ११ : ५७ बजे