Logo

राजनीति

नेकपाको सचिवालय संवैधानिक परिषद् हैन: कांग्रेस 



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रति आक्रोश व्यक्त गरेको छ ।विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता एवम् सुचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्व प्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, प्रधानमन्त्री ज्यू, हेक्का रहोस नेकपा सचिवालय संवैधानिक परिषद् हैन् ।

विहिबार जारी विज्ञप्ति अनुसार नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको आरोप लगाएको छ ।लोकतान्त्रीक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व मर्म र मुल्य हुन्छ भन्ने सरकारले नबुझ्नु दुखद रहेको उल्लेख गरेको छ ।

संवैधानिक निकायको गठनमा लामो समय ढिलाई गरियो। अध्यादेश मार्फत संवैधानिक परिषद्को औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस विच गरियो विज्ञप्तिमा उल्लेख गरिएको छ ।नेकपा सचिवालय बैठकले पछिल्लो समय संवैधानिक नियुक्ती गर्ने विषयमा जुन रुपमा आफूलाई संग्लग्न गरायो ।यसबाट त्यसको बचेको गरिमा अन्त्य गर्ने सरकार उदृत रहेको आरोप कांग्रेसले लगाएको छ । 

संवैधानिक परिषद र संवैधानिक नियुक्तिका सन्दर्भमा संविधानले प्रबन्ध गरेको व्यवस्था , पद्धती भन्दा बाहिर गएर कार्य नगर्न कांग्रेसले प्रधानमन्त्रीलाई सजग गराउँदै सार्वजनिक रुपमा अपिल गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ०४ बजे