Logo

राजनीति

साढे दुई अर्ब बिजुलीको बिल नतिरेको घरमा एमालेको नयाँ कार्यालय, माफियाको हातमा पार्टी



चैत्र ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीमा नेकपा एमालेको नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका छन् । नयाँ वर्ष २०७८ देखि एमालेको कार्यालय रहने बताईएको उक्त घर पार्टी कार्यालयका रुपमा उद्घाटन हुँदा नहुदै बिवादमा परेको छ । उक्त घरका मालिक नवनियुक्त एमाले कार्यकर्ता राजेश कुमार अग्रवालले नेपाल विद्युत प्राधिकरणको दुई अर्ब पचास करोड वक्यौता नतिरेको भन्दै उक्त घर बिवादमा आएको हो । 

सत्ताको एकल नेतृत्व गरिरहेको पार्टीले आफ्नो कार्यालय यस्तो बिवादित घरमा राख्न लागेकोमा सर्वत्र आलोचना सुरु भएको छ । यस सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामहरि खतिवडा सामाजिक सञ्जाल ट्विटरमा लेख्छन् । ‘ओएमालेलाई (ओलि एमाले) नयाँ पार्टि कार्यलय दिने घरबेटीले २ अर्व ५० करोड विधुत प्राधिकरणको बक्यौता तिर्न बाकिँ  भन्ने  समाचार  गाइगुइ हल्ला  छ । फेरि माफियाकै हातले यो पार्टी चल्ने समाचार असत्य साबित  होस् । हे ईश्वर, बिष्णु भगवानले सबैको रक्षा गरुन् ।’

त्यसो त अन्य सर्वसाधारणहरुले पनि यस्तो चर्चाकाबीच चर्को आलोचना गर्न थालेका छन् । यस्तो चर्चा र आलोचना हुन थालेपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग प्रतिक्रिया माग्दा व्यक्तिको नाममा त्यति धेरै रकम वक्यौता हुन नसक्ने बताए । ‘उहाँहरु जोडिएको कम्पनीको नाममा होला तर व्यक्तिको नाममा यति धेरै वक्यौता भएको भए हामी लाइन काटि सक्थ्यौं ।’- शाक्यले भने । 

अग्रवाल एक्लैको नाममा नभएता पनि उनी सञ्चालक रहेको कम्पनीहरुले यति ठूलो रकम तिर्न बाँकी रहेको कार्यकारी निर्देशक शाक्यको स्विकारोक्ति रहेको पाइएको छ ।

प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार  ८ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।