Logo

प्रमुख समाचार

देउवालाई कमल थापाको जवाफ: राजालाई गाली गरेर अब शासन चल्दैन



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजालाई गाली गरेर अब शासन नचल्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र राजा ज्ञानेन्द्रकै कारण आएको र प्रजातन्त्रविरुद्ध लाग्नुभन्दा चुनाव लडेर राजनीति गर्न ज्ञानेन्द्रलाई सुझाएका बेला यो अभिव्यक्तिमा थापाले जवाफ दिएका हुन् ।

थापाले राजाविरुद्ध आक्रोश होइन सुशासन दिन देउवालाई आग्रह गरेका छन् ।

न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचाररसर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो, उनले भनेका छन्, राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १६:५०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।