Logo

राजनीति

आलमलाई लगाइएको मुद्धा झुठो नै होस् महामन्त्री डा.कोइराला



झुठो मुद्धामा फसाइएका भनिएका प्रदेश नं-२ अन्तर्गत रौतहट जिल्ला क्षेत्र नं-२ का नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मो. अफताब आलमलाई राजनीतिक प्रतिशोधका कारण सरकारले गरेको कार्वाही प्रति नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले रोष व्यक्त गरेका छन् ।

पत्रकारले सोधेको एक प्रश्नको उत्तरमा कुनै राजनैतिक मुद्धा हो यो ? भन्ने प्रतिप्रश्न गर्दै महामन्त्री कोइरालाले आलमलाई जेल हालिएको भन्दै आक्रोश व्यत्त गरेका छन् ।

उनले भने-१० र ११ बर्ष अगाडिको मुद्धालाई सुनियोजित तरिकाले उचालेर कसैको राजनैतिक करियर समाप्त पार्ने दुस्साहसमा वर्तमान ओली सरकार लागेको आरोप लगाए ।

उनले भने-शेरबहादुर जीले ठिकै भन्नू भयो, झुठो मुद्धामा फसाइएका सांसद आलमलाई राजनीतिक प्रतिशोधका कारण सरकारले फसाउन खोजेकै हो । हामी यसलाई निष्पक्ष तरिकाले अनुसन्धान गरेर निर्दोष आलमलाई छुटाउने छौ ।

सभापति देउवाले पनि केहि दिन अघि आलम निर्दोष रहेको र उनलाई छुटाउन आफु लागि पर्ने बताएका थिए । यसरी हेर्दा अहिले नेपाली कांग्रेसका सभापति र महामन्त्रीको कांग्रेस नेता आलमको मुद्धाको बिषयमा अहिले एउटै आवाज देखिएको छ ।

प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार  ४ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।