Logo

राजनीति

ओलीले बोलाएको बैठकमा नेपाल पक्ष पनि सहभागी हुने



नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको बैठकमा माधवकुमार नेपाल पक्षको पनि सहभागी हुने भएपछि भएको छ ।
 
बिहीबार नेपाल पक्षले ओलीको आह्वानमा भोलि दिउँसो बस्ने संसदीय दलको बैठकमा जाने बताएका हुन् । यसअघि ओलीले बोलाएका सबै खालका बैठक नेपाल पक्षले बहिष्कार गर्दै आएको थियो ।
 
भोलिको बैठकमा नेपाल पक्षको उपस्थिति हुने भए पछि पूर्व सञ्चार मन्त्री तथा केपी ओलीका विश्वास पात्र मानिने गोकुल बास्कोटाले यस्तो भनेका छन् । ‘गुटबन्दी महाधिवेशनमा समूहगत उम्मेदवारीले हुर्काएको सत्य हो, सांसदले आफैँ सहीछाप गरे भन्दा पनि गुटबन्दी क्याम्पको आदेश अवज्ञा गर्न नसक्या कुरा हो। बैठकमा जाने, त्यै भन्दिने,’ उनले थपेका छन्, ‘संसदीय दल एक भइहाल्छ। अनि पार्टी पनि। न आग्रह न पूर्वाग्रह। गुटका गोठमा आगो लागेपछि सबैलाई मूलघरले ओत दिइहाल्छ नि ।’
 
‘हामीले संसदीय दलको बैठक बालुवाटारमा नभई सिंहदरबारस्थित संसदीय दलमा वा संसद भवन नयाँ बानेश्वरमा राख्दा राम्रो हुन्छ भन्ने धारणा राखेका छौँ।’ नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले भनेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १९:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।