Logo

राजनीति

अराजक मुख्यमन्त्री : सर्वसाधारणले घरमै होली नखेले कारबाही, मन्त्रीलाई छुट ?



कोरोना सङ्क्रमणको जोखिम बढ्दै गए पछि यस पटकको होली घरमै मनाउन आग्रह गर्दै स्थानीय प्रशासन देखी नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले समेत सूचना जारी गरेको छ । उक्त सूचनामा प्रस्ट रूपमा चेतावनी समेत दिँदै भनिएको छ अटेर गरे कारबाही गरिने छ ।
 
यसरी आम सर्वसाधारणलाई आग्रह सहितको चेतावनी दिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफै अराजक शैलीमा होली खेल्दै हिँडेका छन् । हिजो  बुधबार उद्योग संगठन मोरङमा होली खेलेर रङ्गिएका राई शरिमा लागेको रङ्ग उड्न नपाउँदै आज मारवाडी सेवा सदनको होलीको रङ्गमा रङ्गिन पुगेका छन् ।
 
स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार नै सार्वजनिक स्थानमा भिडभाड नगर्न र यस पटकको होली घरमै मनाउन आग्रह मात्र गरेन अटेर गरे सङ्क्रमण रोग निवारण ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ । तर प्रशासनको आग्रह र चेतावनी दुबैलाई बेवास्ता गर्दै बुधबार देखी नै मुख्य मन्त्री राई होली शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन दौडधुप गरिरहेका छन् । 
 
राईसँगै प्रदेश नं १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत पनि होली रङ्गमा रङ्गिन पुगेको पाइएको छ ।

प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार  ८ : ५६ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।