Logo

राजनीति

ओली सरकार हटाउनुको विकल्प छैन : जसपा अध्यक्ष यादव



जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई प्रधानमन्त्रीबाट नहटाएसम्म मुलुकले निकास नपाउने दाबी गरेका छन्। बुटवलमा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पुस ५ को निर्णयका विरूद्धका उत्रिएका शक्तिहरू एक भएर सरकार हटाउन लाग्नुपर्ने बताएका हुन्।

ओली सरकारमा रहदासम्म प्रतिगमनको खतरा रहेको भन्दै उनले संविधान बचाउन र अग्रगमनका लागि ओली सरकार हटाउनुको विकल्प नरहेको धारणा राखे। लोकतन्त्र र संविधान जोगाउनका लागि ओली सरकार हटाउनु नै अहिलेको निकास रहेको उनले जिकिर गरे। तर राजनीतिक दलहरू अझै निर्णय लिन नसकिरहेको उनले बताए । अब पनि ढिलाइ गर्नु हुँदैन, कांग्रेससहितका शक्तिले छिटो निर्णय गर्नुपर्छु,उनले भने। शेरबहादुर देउवातर्फ सबैको ध्यान गएको उनको भनाइ छ।

उनले आफ्नो पार्टीले कुनै पनि हालतमा केपी ओली प्रवृत्तिको समर्थन गर्दै सरकारको समर्थन गर्न नसक्ने जिकिर गरे। उनले रेशम चौधरीलाई जेलबाट छुटाउने वहानामा सत्ता साझेदार हुन नसक्ने उनको दाबी छ।

उनले ओेली सरकारबाट अहिले संसदमाथि प्रहार भएको बताए। संसदलाई असफल बनाउने रणनीतिमा सरकार लागेको उनले बताए। राष्ट्रिय मुद्दामा कमजोर बनेको सरकारले अस्थिरता निम्त्याउने काम गरेको आरोप लगाए।

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  १२ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।