Logo

राजनीति

सहमति विपरीत विप्लवका नेता ताप्लेजुङमा पक्राउ



काठमाडौं। केही दिन अघि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्ताका लागि बोलाएको कुरालाई निकै अर्थपूर्ण रुपले हेरियो । सरकार र विप्लव बिच कारागारमा रहेका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई छाड्न सरकार सहमत भएको कुराले निकै चर्चा समेत पायो । तर प्रहरीले विप्लव नेतृत्वको ताप्लेजुङका नेता सागर लिम्बूलाई पक्राउ गरेको छ।

सदरमुकाम फुङ्लिङ बजारबाट लिम्बूलाई पक्राउ गरिएको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले बताए।

सहमति विपरीत सरकारले लिम्बूको पक्राउ गरेको विप्लवको मेची कोसी ब्युरो इन्चार्ज प्रकाशले आरोप लगाएका छन्। सरकारको नियतप्रति आशंका गर्नुपर्ने अवस्था आएको उनले विज्ञप्तिमार्फत् बताएका छन्।Biplab karyakarta Pakrau.jpg

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।