नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठकले नेता माधव नेपाल र भिम रावललाई कारबाही गर्ने एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपि शर्मा ओलीले बताएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको दलको उक्त बैठकलाई सम्बोधन गर्दै आलीले यस्तो बताएको एमालेका प्रमुख सचेतकमा विशाल भट्टराईले अनलाईनपानलाई जानकारी दिएका छन् । पार्टीले मागेको स्पटिकरण नेपाल र रावलको तर्फबाट चित्त बुझ्दो नभएको र पार्टीको विधान विपरीत भएको भन्दै कारबाहीयोग्य रहेको आलीले बताएका हुन् ।
भट्टराईका अनुसार उनीहरूलाई के कसरी कारबाही गर्ने भन्ने बारे हाल यकिन नभएको र यसको निर्णय केन्द्रीय कमिटीले गर्ने निर्णय भएको हो ।
आज बसेको उक्त बैठकमा एमालेका वरिष्ठ नेता झालनाथ खनालको पनि उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै नेता खनालले सर्वोच्चको फैसला पछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टी फर्किनुपर्ने धारणा राखेका छन् ।
सर्वोच्चको फैसलापछि पहिलो पटक पार्टी बैठकमा सहभागी भएका खनालले त्यसपछि गरिएका निर्णयहरू फिर्ता नलिए पार्टी एक भएर अगाडी जान नसक्ने मागलाई यथावत् राखेका छन् ।
प्रतिक्रिया