Logo

राजनीति

योगेश भट्टराईले भने – प्रश्न नसोध्नुस म भित्र के भयो भन्छु 



नेकपा एमाले व्युँतिएपछि संसदीय दलको बैठकमा पहिलोपटक नेकपा एमालेका असन्तुष्ट पक्षका नेता सहभागी भएका छन । शुक्रबार बालुवाटारमा डाकिएको बैठकमा नेपाल खनाल पक्षका झलनाथ खनाल, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायत सहभागी थिए ।

बैठकपछि एमाले नेता योगेश भट्टराईले पत्रकारहरुसँग भने –‘ म भन्छु प्रश्न नसोध्नुहोस है ।’ उनले संसदीय दलको बैठकमा आफूहरुले राखेको धारणाबारे जानकारी दिएपछि अन्य प्रश्न नलिई बालुवाटारबाट फर्किएका थिए ।

बैठकमा खनाल नेपाल पक्षले फागुन २८ को केन्द्रीय कमिटि र चैत्र ४ र ५ को संसदीय दलको बैठकका निर्णय फिर्ता गर्नुपर्ने र २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीको निर्णय अनुरुप पार्टी अघि बढाउनुपर्ने बताएका थिए । 

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  ६ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।