Logo

राजनीति

अनेरास्ववियुबाट सुदेश पराजुली, ओसीम आलम र आरती लामा निलम्बित



शुक्रवार बसेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सुदेश पराजुली, ओसीम आलम र आरती लामा लाई निलम्बन गरेको छ । 

चैत्र १० नेपाल पक्षले सुदेश पराजुली अध्यक्ष, ओसीम आलम उपध्यक्ष र अरती लामा महासचिव रहने गरि समानान्तर अनेरास्ववियु कमिटी गठन गरेको थियो । यसरी समानान्तर कमिटी गठन गर्नु सङ्गठनको हित विपरीत भएको भन्दै ३ जनालाई नै स्पष्टीकरण माग गरेको छ ।

आज बसेको सङ्गठनको बैठकले यस सहित ३ वटा निर्णय गरेको छ । जसमा अदालतको फागुन २३ गतेको निर्णयलाई स्वगत योग्य भएको भन्दै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा रहने फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

त्यस्तै सङ्गठनको बैठकले त्रिभुवन विश्वविद्यालयले आगामी जेष्ठ ३० गते तोकेको स्ववियु निर्वाचनलाई स्वगत गर्दै सम्पूर्ण क्याम्पस तथा मातहत कमिटीहरूलाई निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिएको छ ।

163347257_1574591216264354_5458963199512044808_n.jpg

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार २०:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।