Logo

राजनीति

एमालेका डोल्पा अध्यक्षको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वतmव्य जारी गर्दै उनले रोकायाको निधनबाट एमालेले इमान्दार नेता, डोल्पाका पार्टी कार्यकर्ताले असल अभिभावक र डोल्पाका जनताले लोकप्रिय नेतालाई गुमाउनुपरेको उल्लेख गरेका छन् । 

विसं २०३६ देखि तत्कालीन नेकपा (माले)को राजनीतिमा संलग्न भएका रोकाया डोल्पाको कम्युनिस्ट आन्दोलनमा जनप्रिय र स्थापित नेता थिए । निमोनिया, दम, उच्च रक्तचाप र फोक्सोसम्बन्धी समस्याका कारण दुई साताअघि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा उपचारकै क्रममा आज निधन भएको हो । 

प्रधानमन्त्री ओलीले रोकायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन, शुभेच्छुक तथा डोल्पाका पार्टी कार्यकर्तामा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार २०:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।