Logo

राजनीति

सत्ता समीकरणले जसपामा लफडा !



जनता समाजवादी पार्टी९जसपा०भित्र सत्ता समीकरणको विषयले लफडा भएको छ । सत्ता समीकरणकै विषयले बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समिति बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । बैठक स्थगितमा भने एकले अर्कालाई आरोप प्रत्यारोप गरेका थिए ।

गत ११ बैशाखमा राष्टिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जसपामा एउटा समूह ओली नेतृत्वको सरकारमा जानु पर्ने र अर्को विपक्षी कांग्रेस माओवादीसँग सत्ता समीकरण गर्नु पर्ने बताइरहेको छ ।  सत्ता समीकरणकै विषयमा पार्टीमा कुरा नमिलेपछि पूर्वराजपा समूहका नेताहरुको छुट्टै बैठक गोप्य रुपमा बस्यो ।

र, जसरी भए पनि ओली नेतृत्वको सरकारमा सहभागी हुन वातावरण निर्माण गर्ने निष्कर्ष निकाल्यो । अर्को समूहसँग सत्ता समीकरण गर्दै नगर्ने निर्णय गरेको छ । यसको प्रमाण ठाकुरलाई माओवादीले राखेको सत्ता समीकरणको प्रस्ताव उनले अस्वीकार गरेपछि अन्त कतै खोज्न जान पर्दैन ।

ठाकुरले सत्ता समीकरणका लागि आफूहरूलाई अन्य दलहरूसँग भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहज हुने बताए । माओवादी नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहालको दुत बनेर शुक्रबार राति ठाकुरको निवास कौशलटारमा पुगेर प्रचण्डको प्रस्ताव ठाकुरसँग राख्दा आफूहरूलाई अहिले सत्ता समीकरणका लागि अन्य दलसँग भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहज हुने जवाफ फर्काएका थिए । 

जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता विधेयक ल्याउनु पर्ने लगायतका माग राख्दै आएको छ । रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जाने बारेमा पार्टीले निर्णय गर्ने जसपा बताउँदै आएको छ ।

ओली सत्तामा रहेको र उनीसँग सहमति गर्दा हातहातै हुने वरिष्ठ नेता राजेन्द्र महतोले बताए । मंगलबार मात्रै ठाकुर र महतोले एमाले नेताहरुसँग भेटघाट गरेका थिए । त्यो भेटघाटमा ७ मन्त्रालय, उपसभामुख र केही नियुक्तिमा कुरा मिलेको बताइन्छ । अभियान टाइम्सका साथमा

प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार  ९ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।