Logo

प्रमुख समाचार

प्रधानन्यायाधीश हटाउन अदालत होइन दलको कार्यालयमा प्रदर्शन गर्न कमल थापाको सुझाव



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउन आन्दोलनरत कानुन व्यवसायीलाई वैधानिक बाटो अपनाउन सुझाव दिएका छन् ।

थापाले वैधानिक बाटो महाभियोग भएको र त्यसबाट हटाउन दलहरु कहाँ जान सुझाव दिएका हुन् । उनले अदालतमा होइन पार्टी कार्यालयमा प्रदर्शन गरेर दबाब बढाउन आग्रह गरेका छन् ।

‘प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो । महाभियोग लगाउने दलले हो,’ उनले भनेका छन्, ‘अधिकांश वकिलहरु दलसँग आबद्ध छन् । बारको चुनाव दलगत आधारमा हुन्छ । त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १८:४९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।