प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले अनशनरत डा.गोविन्द केसीको माग पूरा गर्न सरकारसँग अनुरोध गरेका छन् ।
१९ औं पटक आमरण अनशनमा रहेका डा.केसीको स्वास्थ्य स्थिती दिन प्रतिदिन नाजुक बन्दै गइरहेको अबस्थामा वरिष्ठ नेता पौडेलले डा. केसी सँग वार्ता गर्न आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत भनेका छन् डा. गोविन्द केसीसँग वार्ता गर ! कम्युनिष्ट सरकार !
एक एक गरेर सत्याग्रहीहरुलाई गोरखाका नन्द प्रसाद अधिकारीको हालतमा नपुर्याऊ ।गोविन्द के।सीं संग तत्काल वार्ता गर ! भन्दै सरकारसँग आग्रह गरेका छन्। नेता पौडेलले माफियातन्त्र अन्त गर ! निमुखालाई न्याय देऊ ! गुणस्तरीय शिक्षा, स्वास्थ्य सबैलाई सुलभ गराऊ भन्दै शैक्षिक नारामा समर्थन जनाएका छन् । डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं पटक आमरण अनशनमा रहेपनि सरकारले भने कुनै वास्ता गरेको छैन् ।
प्रतिक्रिया