Logo

राजनीति

जनयुद्ध र जनआन्दोलनवाट प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी सक्रिय रहेको दाहालको आरोप



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनवाट प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी सक्रिय रहेको आरोप लगाएकाछन् ।

२० औं जेल ब्रेक दिवसको अवसरमा मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई गुम्न नदिन सवै पुन आन्दोलित हुनपर्ने बताए ।

प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी शक्तिबाटै प्रयोग भइरहेको पनि उनले आरोप लगाए । ‘संघीयता, समावेशीता र गणतन्त्रविरोधी त्यो शक्तिले केपी ओलीलाई प्रतिनिधिका रुपमा प्रयोग गरिरहेको छ’,प्रचण्डले भने । पार्टी नेतृत्वको वरपर जाली फटाहाहरु हाबी भएको र त्यसमा आफ्नो पनि केही कमजोरी भएको उनले स्वकारे ।

जनयुद्धका क्रममा २०५७ सालमा जेलब्रेक गरिएको सम्झनामा कार्यक्रमको आयोजना गरिएको हो ।

 

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ४ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।