Logo

राजनीति

एमालेमा लालबाबु पण्डितलाई सह इन्चार्जको जिम्मेवारी



नेकपा एमालेले प्रदेश कमिटीको जिम्मेवारी हेरफेर गरेको छ ।

१ नम्बर प्रदेशको इन्चार्जमा सुवास नेम्वाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टंक आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनो ढकाल रहेका छन् ।

२ नम्बर प्रदेशको इन्जार्च सत्यनारायण मण्डल, सहइन्चार्ज लीला श्रेष्ठ तथा प्रदेश अध्यक्षमा प्रभू साह र सचिव सुमन प्याकुरेल रहेका छन् ।

बागमती प्रदेशमा इन्चार्ज रामबहादुर थापा, सहइन्चार्जमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनी रहेका छन् ।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जमा किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर तथा प्रदेश अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपाली रहेका छन् ।

लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल, सहइन्चार्जमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने तथा प्रदेश अध्यक्षमा लिला गिरी र सचिवमा खेममान खड्का रहेका छन् ।

कर्णाली प्रदेश इन्चार्जमा यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजंग शाह तथा प्रदेश अध्यक्षमा गोरख बोगटी र सचिवमा धर्मराज रेग्मी रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना तथा प्रदेश अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा राजेन्द्रसिंह रावल रहेका छन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार १७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।