Logo

राजनीति

गणतन्त्र धरापमा पर्ने हो कि भन्ने आशंका उब्जिएको छ : उपेन्द्र यादव



जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने आशंका उब्जिएको बताएका छन । रिपोर्टस क्लबको २३ औ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा भएको कार्यक्रममा अध्यक्ष यादवले संघीयता समावेशितामा ग्रहण लागेको बताए ।

उनले भने –‘आन्दोलन गर्छौँ व्यवस्था ल्याउँछौँ तर के पचाउन नसक्दा टिक्नै सक्दैन । संघीयता समावेशितामा ग्रहण लाग्न थालेको छ ।’ उनले गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने आशंका उब्जिएको बताए ।

उनले भने –‘संघीय गणतन्त्र धरापमा पर्ने हो कि भन्ने आशंका उब्जिएको छ । यतिबेला देशमा एकताको आवश्यकता छ ।’ प्राप्त उपलिब्ध संस्थागत गर्दै जानुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ६ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।