जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्य राजनीतिक दलका नेताभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सकेको माग पूरा गर्छु भनेपछि वर्तमान सरकारसँग नजिक भएको खुलासा गरेका छन ।
रिपोर्टस क्लबको २३ औँ वार्षिकोत्सवमा ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्न सकेको कदम चाल्ने भनेपछि आफूहरु ओली सरकारसँग नजिक भएको बताए । ‘शेरबहादुर देउवाले अविश्वास प्रस्तावमा जाऔँ भन्नुभयो हामीले मागको कुरा ग¥यौँ । प्रचण्डले सबै सम्बोधन गर्छु गठबन्धन बनाउँ भन्नुभयो । लिखितमा हुन्न ठोस कार्यान्वयन हुनुपर्छ । ’ आश्वासन भन्दा ठोस कार्यान्वयन खोजेको उनको भनाइ छ ।
आफूहरुले राखेको मागमा आश्वासन मात्र दिने तर कार्यान्वयन नगर्ने भन्दा वर्तमान सरकारले सम्बोधन गर्नसक्ने भएकाले आफूहरु कार्यान्वयन गराउन लागेको उनको भनाइ छ । ‘आज पनि प्रधानमन्त्री जीले एक जना मकहाँ पठाउनुभएको थियो । उहाँले प्रक्रिया सुरु गरिसकेको भन्नुभएको छ तर हामीलाई रिजल्ट चाहियो हाम्रा नेता कार्यकर्ता रिहाई हुनुपर्छ ।’ उनले स्पष्ट पारे ।
प्रतिक्रिया