Logo

राजनीति

चित्रबहादुरले भने – प्रधानमन्त्री संसद विघटनको खेलमा लागे 



राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओली फेरि संसद विघटनको खेलमा लागेको आरोप लगाएका छन ।

उनले भने –‘संसद पुनःस्थापनापछि पनि सरकारले विजनेश नदिएर चल्न नदिनुको अर्थ फेरि विघटनकै प्रयास हो । देश फेरि प्रतिगमनतिर लैजाने योजना देखिन्छ ।’ उनले जनताको अपेक्षा संसद विघटन नरहेको पनि स्पष्ट पारे ।

‘सर्बोच्चले सच्च्याएपछि पनि ससद विघटन गर्नेहरु छाती ठोकेर हिँडिरहनुभएको छ । जनताको माग संसद विघटन होइन । स्थिरता हो ।’ उनले नेकपा भित्रका नेताहरुका कारण देशमा अस्थिरता छाएको बताए । उनले भने –‘यो देश नेकपा मात्रैको हो ? सबैले आ–आफ्नो गोटी चालिराखेका छन । देशको अस्तित्व समाप्त हुने गम्भीर चिन्ता छ । 

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ६ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।