नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा सत्ताको उन्माद चढेको आरोप लगाएका छन ।
रिपोर्टस क्लबको २३ औँ वार्षिकोत्सवमा आज उनले भने ‘कार्यकारिणीमा सत्ताको उन्माद चढेको छ । ’ उनले देशमा ७० वर्ष लगाएर ल्याएको लोकतान्त्रिक प्रणाली संघीय गणतन्त्र विघटनबाट बचेको बताए ।
उनले भने –‘२/३ जना नेताहरुमा जनताको आशा थिग्रिएको बेला छ । लोकतन्त्र भर्सेलामा पार्नुहुन्छ कि ? ’ पौडेलले वर्मामा लोकतान्त्रिक सरकार अपदस्थ हुँदा पनि सरकार र राजनीतिक दलका नेता मौन बसेकोमा आपत्ति जनाए । उनले भने –‘वर्माको स्थितिमा राजनीति नपुगोस् ।
प्रतिक्रिया