Logo

प्रमुख समाचार

कोमल वलीले एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने



काठमाडौं । राष्ट्रियसभाको सांसद रहेकी चर्चित गायिका कोमल वलीले नेकपा एमाले आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी गायिका वलीले महाधिवेशनका लागि चितवन पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

विभिन्न चार उद्देश्यका साथ आफूले उम्मेदवारी दिन लागेको बताएकी वलीले महाधिवेशनमा आफू केन्द्रीय सदस्यको उम्मेदवार रहेको र जित्ने पक्का रहेको बताइन् । केपी ओलीलाई अझ सक्षम बनाउने तथा एमालेलाई समृद्ध बताउने आफ्नो उद्धेश्य रहेको वलाीको भनाइ रहेको थियो ।

आफु आवाजविहीनहरुको आवाजको रुपमा समेत महाधिवेशनमा प्रस्तुत हुने बताउँदै उनले राजनीतिक रुपान्तरणका लागि पार्टीले खेल्ने भूमिका सशक्त बनाउने समेत आफ्नो लक्ष्य रहेको बताइन् ।

एमालेमा कुनै पक्ष विपक्ष नभएको तर्क राखेकी वलीले व्यक्तिगत रुपमा कसैले अध्यक्ष पदमा उम्मेदवारी दिएपनि आफूले भने केपी ओलीलाई समर्थन गर्ने स्पष्ट पारिन् ।

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार  ५ : १० बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।