Logo

प्रमुख समाचार

एमाले महाधिवेशनको असर : मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध



नवलपरासी । एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् ।

एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ । चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो ।

जिल्ला प्रशासनको सूचना

चितवन जिल्लाको नारायणगढमा हुन लागेको नेकपा एमालेको महाधिवेशनलाई लक्षित गरी राष्ट्रिय लोकमार्गमा ट्राफिक जाम हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिमको मिति २०७८/०८/०८ गतेको बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरुलाई मिति २०७८/०८/०९ गते साँझ ६ः०० बजेदेखि मिति २०७८/०८।.१० गते राती १२ः०० बजेसम्म आवतजावतमा रोक लगाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ५ : ३१ बजे