Logo

प्रमुख समाचार

राप्रपा अध्यक्ष कमल थापा पुगे चितवन



चितवन । एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुगेका छन् । उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे ।

राप्रपाका नेतृ रिना गुरुङलगायता नेता कार्यकर्ताहरू पनि कमल थापालाई स्वागतका लागि भरतपुर विमानस्थल आएका थिए ।

एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो व्यक्तिगत रूपमा सदभाव रहेको बताउँदै थापाले नेतृत्व चयनका सन्दर्भमा भने शुभेच्छा प्रकट गरे ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १३:०७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।