Logo

प्रमुख समाचार

ओलीले गरे बन्दसत्रमा प्रवेश, प्रतिक्रिया दिन मानेनन्



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको दसौं महाधिवेशनको बन्दसत्रमा प्रवेश गरेका छन् ।

आज शनिबार दिउँसो नारायणी नदी किनरामा सुरु भएको दशाै महाधिवेशनको बन्दसत्र सौराहामा केही बेरअघि सुरु भएको हो ।

बन्दसत्र शनिबार विहान ८ बजेबाट सुरु गर्ने भनिएता पनि नेताहरु छलफलमा व्यस्त भएकाले बन्दसत्र सुरु हुन सकेको थिएन ।

बन्दसत्रमा ओलीसँगै अन्य नेताहरु पनि प्रवेश गरेका छन् ।

ओलीले प्रतिक्रिया दिन मानेनन् । यसअघि काठमाडौंबाट चितवनमा आउँदा पनि ओलीले विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिन मानेका थिएनन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १५:४९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।