Logo

प्रमुख समाचार

विद्यार्थी नेता राजिवको उम्मेदवारी



नेपाल विद्यार्थी संघका वर्तमान सभापति राजिव ढुङगाना पनि नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । काठमाण्डौमा विहिवार केही संचारकर्मीहरुको उपस्थितिमा उनले आफनो उम्मेदवारी घोषणा गरे ।

पार्टी भित्र बढ्दै गएको अनुशासन विहिन गतिविधिलाई नियन्त्रण गर्न र पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्ने विषय आफनो मुख्य एजेण्डा भएको पनि ढुङगानाले बताए ।

पार्टीको एघारौ महाधिवेशनदेखी अहिलेसम्म महासमिति सदस्यका रुपमा रहेर अग्र पंक्तिमा कार्य गर्दै आएका ढुङगाना आफुलाई विशिष्ट परिस्थितिका कारण पार्टीले नेपाल विद्यार्थी संघको नेतृत्व सुम्पेको दावी गर्छन् । नेपाल विद्यार्थी संघलाई चुस्त दुरुस्त रुपमा अघि बढाउन र अधिवेशन गर्नका लागी कोरोनाका कारण असर्मथ रहेको पनि उनको दावी छ ।

पार्टी भित्र यो अधिवेशन पश्चात जबरजस्त रुपमा युवाहरुको प्रवेश हुने भएकाले प्रशिक्षण र अनुशासनलाई आत्मसात गरियो भने मात्रै पार्टी बलियो हुने पनि उनको दावी छ ।

२०५७ साल देखी नेपाल विद्यार्थी संघमा आबद्ध रहेका ढुङगानाले सो संगठनमा सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष हुदै अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । नेपाल विद्यार्थी संघको नेतृत्व हस्तान्रण गर्ने प्रकृयाका लागी पार्टी नेतृत्वसँग छलफल गरेर अगाडी बढ्ने तयारी भएको पनि ढुङगानाले बताए ।

आफनो प्रवेशले विद्यार्थी र युवा बर्गमा नया सन्देश जाने विश्वास पनि ढुङगानाको छ । नेपाल विद्यार्थी संघमा सरल, सहज र इमान्दार नेताका रुपमा आफनो पहिचान बनाएका ढुङगाना उनको गृह जिल्ला सुनसरीमा पनि त्यतीकै लोकप्रिय नेता हुन् ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ३ : २६ बजे

555
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।