Logo

प्रमुख समाचार

६ प्रदेशमा कांग्रेसले आज नयाँ नेतृत्व पाउँदै, यी हुन् प्रतिस्पर्धी



काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आज प्रदेशको अधिवेशनमा निर्वाचन हुँदैछ । गत बिहीबारदेखि जारी अधिवेशनमा आज मतदान हुन लागेको हो । आज ६ प्रदेशमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

मुलुक संघीयतामा गएपछि पहिलो पटक कांग्रेसले चुनावमार्फत नेतृत्व चयन गर्न लागेको हो । कांग्रेसको महाधिवेशन भने काठमाडौंमा यही मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।

आज एकैदिन ६ प्रदेशको मतदान हुँदै गर्दा प्रदेश २ मा भने भोलिमात्र मतदान हुने भएको छ । यसपालिको निर्वाचनमा विशेषगरी संस्थापन र इतर पक्षबीच भिडन्त भइरहेको छ । कुनै क्षेत्रमा संस्थापन र कुनै क्षेत्रमा इतर पक्षबीच निकै कडा टक्कर देखिने समीकरण बनिरहेको छ ।

केही प्रदेशमा भने कांग्रेसभित्रको तीन धार संस्थापन (शेरबहादुर देउवा), इतर (रामचन्द्र पौडेलसहितको पक्ष) र तेस्रो धार कृष्णप्रसाद सिटौला पक्षबीच भिडन्त हुँदैछ । कुनैमा भने तीन पक्षमध्ये दुई पक्ष मिलेर अर्को पक्षसँग प्रतिस्पर्धा गरिरहेको पनि पाइएको छ ।

कुन प्रदेशमा को उम्मेदवार :

प्रदेश १

संस्थापन/सिटौला : उद्धव थापा, पौडेल पक्ष : गुरुराज घिमिरे

प्रदेश २

संस्थापन : कृष्ण यादव, निधि पक्ष : रामसरोज यादव, पाैडेल पक्ष : रञ्जित कर्ण

वाग्मती

संस्थापन : इन्द्र बानिया, पौडेल पक्ष : जगदीश्वरनरसिंह केसी, सिटौला पक्ष : भीमसेनदास प्रधान

गण्डकी

संस्थापन : अर्जुनप्रसाद जोशी, पौडेल पक्ष : शुक्रराज शर्मा

लुम्बिनी

संस्थापन पक्ष : भरत साह, पौडेल पक्ष : अमरसिंह पुन

कर्णाली

संस्थापन : ललितजंग शाही, पौडेल पक्ष : भुपेन्द्रजंग शाही, मोतिराज बम

सुदूरपश्चिम

संस्थापन : वीरबहादुर बलायर, पौडेल पक्ष : नारायण मिश्र

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ११ : ३६ बजे