Logo

राजनीति

प्रधानमन्त्रीलाई नाम लेखाउन, फोटो टाँस्न रहर लाग्या छ : नेता नेपाल



पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले तमासा मात्र गरेको आरोप लगाएका छन । आइतबार काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता नेपालले भने–‘ तमासा के थाहा छ ? यत्तिकै स्वीच थिचेर १६५ वटै निर्वाचन क्षेत्रमा सडकको शिलान्यास । संसारमा कही भएको छ ?’

सरकारले डिपिआर नगरी शिलान्यासमा मात्र लागेको बताए । उनले भने –‘डीपीआर गर्न बाँकी मात्र होइन, कति खर्च लाग्छ भन्ने समेत थाहा छैन । बालुटारमा बस्या छ, स्वीच थिचिदियो, शिलान्यास ।’ प्रधानमन्त्री ओलीलाई नाम लेखाउन रहर लागेकाले, फोटो टाँस्न रहन लागेकाले यस्ता काम गरिएको दाबी गरे ।

उनले भने –‘सबै ठाउँमा नाम लेखाउँला भनेर होला, कति नाम लेख्ने रहर रहेछ ? कति फोटो टाँस्ने रहर रहेछ ? आफ्नो घर कोठामा झुण्ड्याए भइगो नि,  किन सबैलाई दुःख दिनु ?’ नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका नेता नेपालले आफ्नो मूल पार्टी नेकपा एमाले नै रहेको बताए ।

उनले भने, ‘कानुनले नदिए विकल्प खोजौँला। विचार मिल्छ। मूल पार्टी यही हो । केपी ओलीले पार्टी नै कब्जा गरे भने छुट्टै कुरा हो।’

उनले एमालेका आफूभन्दा तलका सबै नेता तथा कार्यकर्ता पार्टी अध्यक्ष विरुद्ध चर्कोरुपमा उत्रिरहेको पनि बताए। नेता नेपालले उपाध्यक्ष वामदेव गौतम पनि आफ्नो पक्षमा आउन लागेको बताए । नेता नेपालले पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको टिप्पणी गरे । 

प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार  ४ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।