Logo

राजनीति

प्रस्तावित न्यायाधीशको सुनुवाई वैशाख ३ मा 



सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुबेदीको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको आजको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी लिएको थियो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदी विरुद्ध पाँच उजुरी परेका थिए ।

बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार  ५ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।