नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेपछि अध्यक्ष ठाकुरलाई भेट्न आइतबार नेता पौडेल उनकै निवास हात्तिवन पुगेका थिए ।
भेटघाट पारिवारिक भएको तर राजनीतिक विषयमा समेत सकारात्मक कुरा भएको नेता पौडेलले जानकारी दिए । उनले भने,–पारिवारिक भेटका लागि गएको हुँ। अन्य विषयमा समेत सकारात्मक कुरा भएको छ ।’
प्रतिक्रिया