Logo

राजनीति

एमालेका मन्त्रीहरुको भटाभट राजीनामा !



कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका केही मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षय सांसदहरु मात्र सहभागी भएको गत ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

नयाँ निर्णयअनुसार तीन मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

४० सदस्यीय प्रदेशसभामा शाहीको दल माओवादी केन्द्रको १२ सांसद छन् । सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री शाहीलाई आग्रह पनि गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

बैठकले शाहको नेतृत्वमा संसदीय दल विधान मस्यौदा कार्यदल समेत बनाएको छ । तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए ।

कर्णाली प्रदेशः एमालेका तीन जना मन्त्रीले आज राजीनामा दिने

कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्। हिजो बसेको संसदीय दलको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन्।

एमाले संसदीय दलको बैठकमा एमालेका १९ जना सांसद छन्। एमालेको चैत ४ गतेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो। उक्त निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ।

प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार  ९ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।