नेपाली कांग्रेसका सांसद मीन बहादुर विश्वकर्माले शुल्क लिएर बालबालिकालाई दुःख नदिन सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद विश्वकर्माले काठमाडौँका कक्षा १२ का विद्यार्थीहरुले मार्कसिट लिन जाँदा समस्या झेल्नु परेको भन्दै समाधानका लागि ध्यानाकर्षण गराएका हुन ।
उनले भने –‘१२ का विद्यार्थीहरुको उत्तीर्णाङक लिन जाँदा पार्किङ छैन । प्रमाणपत्र लिन जाने विद्यार्थीहरुका कारण जाम हुन्छ । शुल्क लिएर सास्ती दिने काम नगरियोस् ।’
प्रतिक्रिया