Logo

राजनीति

एमालेमा लागेका ४ मन्त्री माओवादीबाट निष्काशित



नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना सांसदलाई निलम्बन गरेको छ । ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरिएको सूचना संसद सचिवालयमा दिइएको हो । 

एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई भने निलम्बन गरिएको छैन । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् ।

प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार  ३ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।