Logo

प्रमुख समाचार

म थाकेको होइन, बलियो कांग्रेसलाई खुन दिन आएको हुँ : गच्छदार



नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले आफूले थाकेर नभई बलियो कांग्रेसलाई खुन दिन पार्टी एकता गरेको बताएका छन् ।

उनले कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै जय नेपालको नारालाई देशव्यापी बनाउन आएको धारणा राखेका हुन् ।

‘ती वर्षअघि महासमिति बैठकमा दुवै नेता मिल्नुस्, गुटले कम्युनिस्टसँग जित्न सकिँदैन भनेको थिए । तर, मैले भनेको नमान्दा आजको परिणाम देखियो,’ उनले भने । 

उनले नेता कार्यकर्ताहरूलाई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । ‘अस्वस्थ प्रतिस्पर्धा नगर्नुस् । म पनि स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन पहल गर्छु । एकताबद्ध भएर कांग्रेसमा आएको छु,’ उनले भने । 

पार्टीमा मेलमिलाप र सहमतिको वातावरण बनाउनुपर्ने गच्छदारको धारणा छ । उनले कांग्रेसलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १८:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।