नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल आफुभन्दा कमजोर भएको भन्दै बोल्न नसकेको बताएका छन् । पार्टीको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पौडेललाइ कमजोर भएको संज्ञा दिदै “विचराले बोल्न सक्नुभएन”समेत भने।
प्रधानमन्त्री समेत रहेका देउवाले आगमी चुनावमा गाउँ देखि माथि सम्म काँग्रेसको सरकार बनाउने जिम्मा आफ्नो भएको समेत बताएका छन् । देउवा स्टेजमा बोल्दा कार्यकर्ताको हुटिङलाई रोक्नुस रोक्नुस पिलिज भयो भनेर भिडलाई शान्त हुन आग्रह गरेका थिए ।
२४ मंसिर २०७८, शुक्रबार १९:१३
801
Shares


















प्रतिक्रिया