Logo

कर्पोरेट फोकस

गभर्नरको निर्देशनमा विवादित पात्र सुमन शर्मा प्रभु बैंकको सिईओ नियुक्त



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको निर्देशनमा विवादित पृष्ठभूमिका पात्र सुमन शर्मालाई प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पदबाट राजीनामा दिएपछि शर्मालाई बैंकको सिईओ नियुक्त गरिएको हो।

करीब तीन दशक बैंकिङ क्षेत्रमा योगदान दिएका शेरचनले प्रभु बैंकको संस्थागत विकास, मर्जर–एक्विजिसन, वित्तीय स्थायित्व र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्वमा प्रभु बैंकले विभिन्न वित्तीय संस्थासँग सफल मर्जर गर्दै देशकै ठूला वाणिज्य बैंकमध्ये एकको रूपमा आफूलाई स्थापित गरेको थियो।

बैंक स्रोतका अनुसार गभर्नरको प्रत्यक्ष चासो र ठाडो निर्देशनपछि विवादित संचालक अम्बिका शर्मा लामिछानेले विवादित पात्र सुमन शर्मालाई सिईक नियुक्त गर्ने अन्य संचालकमाथि प्रेसर दिएकी थिइन्।

प्रभु बैंकमा देखिए आन्तरिक तथा बाह्य अप्ठ्यारा तथा बैंकका लगानीकर्ताले समेत उनलाई नियुक्त नगर्न दिएको सुझावका वावजुत शर्मालाई नियुक्त गरिएपछि बैंक भित्र र बैंकिङ क्षेत्रमै विवादित बनेको छ।

उनको विगत कार्यकाल, व्यवस्थापन शैली र विवादित निर्णयहरूले बैंकिङ प्रणालीमा नकारात्मक प्रभाव परेको आरोप लाग्दै आएको छ। यस्ता पात्रलाई राष्ट्र बैंकको संरक्षणमा पुनः बैंकको नेतृत्वमा ल्याइनुले नियामक निकायको निष्पक्षतामाथि नै प्रश्न उठेको छ।

बैंकिङ क्षेत्रका विज्ञहरूका अनुसार, योग्य र सफल नेतृत्वलाई हटाएर विवादित पात्रलाई नियुक्त गर्नुले प्रभु बैंकको संस्थागत सुशासन, पारदर्शिता र शेयरधनीको हितमाथि गम्भीर असर पार्न सक्छ। साथै, यसले समग्र बैंकिङ प्रणालीमा गलत सन्देश जाने खतरा पनि बढाएको छ।

शर्माले माछापुच्छ्रे बैंकमा डेपुटी सिईओ हुँदा एक महिला कर्मचारीमाथि दुव्यवहार गरेको आरोप छ। ती महिलाले बोर्डमा उजुरी दिएपछि उनी पदबाट निकालिएका थिए। त्यस्तै, तत्कालीन सनराइजमा हुँदा देखाएको खराब प्रदर्शनले बैंक खराव कर्जाको दलदलमा फँसेपछि लक्ष्मी बैंकसँग मर्ज गरियो त्यसपछि उनले सनराइज बैंक छोडेका थिए।

यो पनि

‘गभर्नर विश्वनाथले च्यापेपछि अम्बिकालाई ‘आर्थिक अपराध’ मै उन्मुक्ति’

बेईमान संचालकबाटै प्रभु बैंकमा विवादित पात्र नियुक्तिको प्रयास

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती, अन्योलमा बोर्ड

 

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार ११:०८   :  बजे

7.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।