नेपाली कांग्रेसका नेता गगन थापाले संसदमा आएर बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर धारणा राख्दै थापाले गर्नुपर्ने काम नगरी प्रधानमन्त्री उदघाटन र शिलान्यासमा लागेको भन्दै सदनमा बहसका लागि आउन चुनौती दिएका हुन ।
उनले भने – ‘प्रधानमन्त्री ज्यू तथ्य र तथ्याङकमा बहस गर्न चुनौती दिन्छु । तपाईँले प्रस्तुत गर्नुभएको तथ्यमा टेकेर बहस गरौँ । पानी सडकमा बहस गरौँ । संसदलाई छलेर भागेर होइन ।’
उनले ठेक्का नलागी शिलान्यासमा लागेको भन्दै प्रधानमन्त्रीको पनि आलोचना गरे । ‘हुँदा हुँदा ठेक्का नलागेको सुनकोशी मरिन डाइभर्सनको शिलान्यास गरेको छ । बटन थिकेर सडक शिलान्यास शिलान्यामैँ रमाउने भए बालुवाटारमा जग्गा खाली छ । त्यहाँभित्र प्रत्येक दिन शिलान्यास गर्नुहोला ।’ उनले सरकारले मिथ्याङक प्रस्तुत गरी पूर्वाधार निर्माण, कानुनमा समस्या भएको पनि जानकारी दिए ।
उनले भने–‘हाम्रो पूर्वाधार निर्माणमा समस्या छ । आधारभूत समस्या नियम कानुनमा छ । काम गर्ने निकायको क्षमता स्रोतमा छ । यसका लागि दर्जनौँ कानुन बनाउनुपर्नेछ ।’ थापाले सात आठ वर्षको आयोजना वर्षौँपछि पूरा हुने गरको भन्दै सरकारको नेतृत्वमा रहेकाले माफी माग्नुपर्ने बताए ।
प्रतिक्रिया