Logo

राजनीति

चार मन्त्रीको सांसदपद चैट



नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री आजदेखि सांसद पदमुक्त भएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादीबाट एमाले प्रवेश गरेका चार सांसद सम्बन्धित दलले कारबाही गरेको जानकारी आज सदनलाई सुनाएपछि उनीहरु पदमुक्त भएका हुन ।

माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साह एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो ।

कारबाहीको पत्र माओवादी केन्द्रले सोमबार संसद सचिवालयलाई दिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार सम्बन्धित दलले दलत्यागको सूचना दिएमा पदमुक्त हुने व्यवस्था छ । 

प्रकाशित मिति : चैत्र २५, २०७७ बिहीबार  ३ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।