नेकपा माओवादी (केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति र सपथ हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन्।
उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो। उनीहरु ६ महिनाभित्र प्रतिनिधि सभाको सदस्य हुनुपर्ने प्रावधान छ ।
प्रतिक्रिया