Logo

राजनीति

गृहमन्त्री थापासहित अर्का अर्का सांसदलाई पनि कारबाही



नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर बादल र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ। बादल र खड्का नेकपा एमालेमा प्रवेश गरिसकेका छन्।

दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको हो। माओवादीले दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ ९१० गरिदिन भनेर दल त्यागको सूचना शुक्रवार संसद सचिवालयमा दिएका हुन्।

बादल ६ वर्षका लागि राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए भने खड्काको कार्यकाल ४ वर्ष छ। राष्ट्रियसभा बैठक अधिवेशन अन्त्य भइसकेकोले सूचना टाँस गरेर उनीहरुलाई पदमुक्त गरिएको जानकारी गराइनेछ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार १४:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।