Logo

राजनीति

 नेविसंघद्वारा सिमा अतिक्रमणको विषयलाई लिएर चिनियाँ दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चिनियाँ दूतावास अगाडी प्रर्दशन गरेको छ । सिमा अतिक्रमणको विषयलाई लिएर नेविसंघले सोमबार काठमाडौंको टंगालस्थित दूतावास अगाडि प्रदर्शन गरेको हो । 

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित उनीहरूले दूतावासअगाडि प्रदर्शन गरेका हुन्।  प्रर्दशनका क्रममा नेविसंघका ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्का रहेका छन् । नेविसंघले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहाई गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ११ : २८ बजे