सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ताा सुरु भएको छ । मन्त्रीमण्डल पूर्नगठनको विषय टुङ्ग्याउ प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल शुरु भएको हो।
छलफलका लागि प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । असोज ६ गते बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् पुनर्गठन दुई अध्यक्षको सहमतिमा गर्ने भनिएको थियो।
गत बिहीबार, शुक्रबार र आइतबार दुई अध्यक्षबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन। केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा उनीहरूबीच सहमति बन्न नसकेको बताइन्छ।
प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालयका केही सदस्यलाई समेत मन्त्रिमण्डलमा समेट्नुपर्ने पक्षमा छन्।
प्रतिक्रिया