Logo

प्रमुख समाचार

आज पनि संसदमा एमाले सांसदको नाराबाजी



प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ ।

पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन् । 

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार १३:२१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।